जुत्तामा ‘आचार्य’ लेख्ने कम्पनीलाई कारबाही माग गर्दै आचार्य बन्धु समाजद्वारा सीआईबीमा उजुरी


काठमाडौं । ‘आचार्य’ लेखिएको लोगोसहितको जुत्ता र टिसर्ट सार्वजनिक भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
यस कार्यले आचार्य समुदायको मानमर्दन गर्ने दुषित मनसाय भएको भन्दै आचार्य बन्धु समाजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा लिखित रुपमै उजुरी दर्ता गराएको हो ।
चेरी स्निकर्स डटकम र आचार्यको नामले अपरीचित व्यक्ति वा संस्थाले आचार्य लेखिएको लोगोसहितको जुत्ताको फोटो फेसबुक लगायतका सामाजिक सञ्चालनमा बुष्टसमेत गरेर पोष्ट गरेको कार्यप्रति समाजले आपत्ति जनाएको छ ।
उजुरीमा आचार्य थरप्रति नै अपमानजनक कार्य गर्ने व्यक्ति वा संस्था को हो ? त्यस सम्बन्धमा यथासिघ्र अनुसन्धान गरेर दोषीमाथि प्रचलित कानूनबमोजिम कडा कारबाहीको माग गर्दै दोषी व्यक्ति पकाउ परेपछि त्यस विरुद्ध रितपूर्वकको जाहेरीसमेत दर्ता गर्ने समाजका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।