दुर्गा प्रसाईंको अभियानप्रति राप्रपामा दुई धार, मंसिर ७ मा के गर्छन् कार्यकर्ता ?
संस्थापन पक्षको प्रश्नः प्रसाईंको व्यानरमा राजसंस्थाको एजेन्डा नै छैन, किन सघाउने ?
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते गर्ने कार्यक्रमलाई लिएर देशको प्रमुख राजावादी शक्ति राप्रपामा दुई धार देखिएको छ । संस्थापन पक्षले प्रसाईंप्रति अविश्वास र संशय व्यक्त गरिरहँदा एकथरि नेताहरुले खुलेरै उनको अभियानलाई समर्थन र ऐक्यबद्धता जनाएका छन् ।
राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आज एक विज्ञप्ति नै जारी गरेर प्रसाईंको भेलामा पार्टीको नैतिक समर्थन र सहयोग रहनुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जनअभियान/जनप्रदर्शन/संघर्षमा राप्रपाका कार्यकर्ताहरुको सहानुभूति र समर्थन स्वाभाविक हुन आउँछ । अतः मंसिर ७ २०८० मा हुने भनिएको जनप्रदर्शन र जनसंघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनुहुँदैन भन्ने मेरो स्पष्ट धाराणा छ ।’
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको विचार पनि डा. लोहनीसँग मिल्दोजुल्दो छ । उनले सामाजिक सञ्जालमार्फत प्रसाईंको अभियानप्रति समर्थन जनाएका छन् ।
मिश्रले फेसबुकमा लेखेको लामो स्टाटसको अंश यस्तो छः
‘…यस्तो समयमा पनि एउटा राजसंस्थावादीले अर्को राजसंस्थावादीलाई गाली गरिरहेको देख्छु/सुन्छु । त्योभन्दा ठूलो विडम्बना के हुनसक्छ ? कसैको कारणले कसैको कार्यक्रम बिग्रिँदैन । हामी हाम्रो उद्देश्यमा पुग्न सबैको कार्यक्रम सफल हुनुपर्छ । पञ्चायत ढाल्न, गणतन्त्र ल्याउन/जोगाउन ‘कट्टर दुश्मन’ हरू सहकार्य गर्न सक्ने, राजसंस्थावादीहरू नसक्ने ? अनि झन त्यसमा पनि गाली गरेर बस्ने ? यस्तै पाराले लक्ष्यमा पुगिन्छ ?
‘मै सबैभन्दा ठूलो राजसंस्थावादी, अरू त केही होइनन्’ भनेर देखाउन खोजेको हो भने, भिन्दै कुरा । अन्यथा, ‘विनाशकारी अग्रगमन’ को विशाल चट्टान फुटाउनु छ । आफैं-आफैं बाझेर आआफ्ना अहम् पूरा होला । तर, उद्देश्य प्राप्ति हुँदैन । त्यसैले सकिन्छ, सहकार्य गरौं । सकिँदैन, सहयोग गरौं । सहयोग पनि गर्न मन नलागे असहयोग नगरौं । र, सार्वजनिक रूपमा एकले अर्कोलाई हियाउने र ‘म चाहिँ असल, ऊ चाहिँ कमसल’ भन्ने काम नगरौं ।’
दुई वरिष्ठ नेता यसरी खुलेर आए पनि राप्रपाले आधिकारिक रुपमा प्रसाईंको कार्यक्रमलाई लिएर कुनै आधिकारिक धारणा बनाएको छैन । अध्यक्ष राजेन्द्र लिङदेनन पूर्वराजा ज्ञानेन्द्र सहभागी हुने कार्यक्रमको तयारीका लागि गृहजिल्ला झापामा छन् । अन्य नेताहरुले मुख खोलेका छैनन् ।
अध्यक्ष लिङदेनलगायत राप्रपा संस्थापन पक्ष प्रसाईंप्रति सकारात्मक छैन । विगतमा लिङदेन र प्रसाईंबीच सार्वजनिक वाकयुद्धसमेत चलेको थियो । प्रसाईंले मेची पुलमा गरेको कार्यक्रममा पूर्वराजाकै उपस्थितिमा लिङदेनलाई गाली गरेका थिए । त्यसयता पनि उनले पटक पटक लिङदेनप्रति अपमानजनक भाषा प्रयोग गर्दै आएका छन् ।
हालै एक पत्रकार सम्मेलनमा प्रसाईंले लिङदेनलाई ‘ओलीको असल धर्मपुत्र’ संज्ञा दिएका थिए । लिङदेनले पनि विगतमा प्रसाईंलाई लक्षित गर्दै ‘बैंक ठग्नेले राजतन्त्र ल्याइदिन्छ भनेर पत्याउने ?’ भन्दै कटु टिप्पणी गरेका थिए ।
प्रसाईंले अहिले गर्न लागेको जनप्रदर्शनमा राजसंस्था पुनःस्थापनको घोषित एजेन्डासमेत नरहेको राप्रपा संस्थापन पक्षको बुझाइ छ ।
लिङदेन निकट एक नेता भन्छन्, ‘यो आफैंमा संदीग्ध अभियान हो । उहाँहरुको ब्यानरमा राजतन्त्र पुनःस्थापनाको एजेन्डा देखिएको छैन । व्यक्तिगत स्वार्थपूर्तिका लागि मानिसहरुलाई मूर्ख बनाउन खोजिएको छ । यसमा राप्रपाको कुनै संलग्नता हुँदैन ।’
उनले भने जस्तै प्रसाईंको ब्यानरमा राजसंस्था वा हिन्दू राष्ट्र पुनःस्थापनाको एजेन्डा उल्लेख गरिएको छैन । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन अभियान’ मात्र लेखिएको छ । यद्यपि, प्रसाईंले कार्यक्रमको घोषणा गर्दा व्यवस्था परिवर्तनकै लागि भएको बताएका थिए ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठ प्रसाईंको अभियानलाई लिएर पार्टीले कुनै संस्थागत निर्णय नलिएको बताउँछन् । राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रका लागि ‘निःस्वार्थ रुपमा’ गरिने कुनै पनि आन्दोलनप्रति पार्टीको नैतिक समर्थन र सदासयता रहन्छ । तर, किन्तु परन्तु गरेर जनतालाई लट्पटाउन खोज्नेहरुसँग हामी सतर्क छौं । साथै राप्रपा र राप्रपा नेतृत्वलाई लान्छित गर्ने पात्र र प्रवृत्ति हामीलाई स्वीकार्य हुनेछैन ।’
स्वार्थ प्रेरित अभियानहरुमा पार्टी नजोडिने उनले बताए ।
श्रेष्ठले थपे, ‘राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डा निरन्तर रुपमा उठाउने एउटै शक्ति राप्रपा हो । राजसंस्थाको नारा लाग्ने कार्यक्रममा हाम्रा कार्यकर्ताहरु जान सक्लान् । तर, स्वार्थप्रेरित अभियानमा पार्टीगत उपस्थिति रहँदैन ।’
प्रसाईंको अभियानलाई लिएर पार्टीभित्र कुनै मतभेदको अवस्था नरहेको उनले दाबी गरे । जिम्मेवार नेताहरुले हतारिएर सार्वजनिक अभिव्यक्ति दिनु उचित नहुने पनि श्रेष्ठको टिप्पणी छ ।
देशभक्त नेपाली क्रान्तिकारी मोर्चा:
पहिले गणतन्त्र मन नपराउने तर गणतन्त्रमा सात पुस्ता सम्म पुग्ने गरि काण्ड नै काण्ड गरेर खरबौ कमाउने निसन्तान ओली बा, सत्र हजार निर्दोष नेपालीहरुको र तिनीहरुका पारिवारिक सदस्यहरुको कारुणिक मृत्युको कारण राक्ष्यस प्रचण्ड र देशका सबै उद्द्योग धन्दाहरु माड़े व्यापारीहरु लाइ पोसेर देशका अधिकांश युवाहरु लाइ लाहुरे, मुगलाने, खाडिया र आप्रवासी बनाउने अमेरिकन दलाल देउबा जोडीले मात्र काण्ड नै काण्ड गरि लुटतंत्रको सिन्डिकेट बनायर नेपाललाइ असफल रास्ट्रको भुमरीमा हेलेर नेपालीलाइ यूक्रेनियन र प्यालेस्तिनियन जस्तै रास्त्रविहिन बनाउने षड्यन्त्रमा सामिल भयकोले मंगसिर ७ गते देखि शुरु हुने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानलाइ वास्तविक जन आन्दोलन बनायर कांग्रेस, एमाले र माओबादिका जो सुकै अन्ध समर्थक दलाल र विदेशी प्रभु शक्ति नै आयर यी लुटेरा गिरोहहरु लाइ बचाउन खोजेमा पनि जाइ लागेर माटोमा मिलायर अभियन्ता दुर्गा प्रसाईलाइ दह्रो साथ् समर्थन र सुरक्ष्या गर्दै गणतन्त्र, संघियता र धर्म निर्पेक्ष्यता पुनर्स्थापना गर्न को लागि सिंह दरबार, बालुवाटार दर्बार र शितल निवास दरबारहरु कब्जा गर्नु पर्छ!
नेपाल टेलिविजन र नेपाल रडियो र नेपाल टेलिकम समेत नियन्त्रणमा लियर नेपाल टेलिविजन र नेपाल रेडियोवाट नयाँ नेपालको पूर्ण संबैधानिक राजसंस्था, बिकेन्द्रिकृत र हिन्दु सापेक्ष्य शाशन व्यवस्था कायाम गरिनु पर्छ!
पुर्व राजा आएमा उनकै लागि राम्रो हुन्छ नत्र अर्को राजा छानिने प्लान बि पनि तेश्रो जन आन्दोलनकारी शक्ति संग भयकोले कुनै पनि सुरक्ष्या शक्तिले जन इच्छा विपरित नेपाली जनतासंग भिड्ने दुस्साहस नगर्नु नै उनीहरुको लागि सुरक्षित हुनेछ!
सबैलाई चेतन रहोस!
Rajendra Lingden is silent and unwilling to support राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान because he is influenced by Chor Netas (his own words) to get Deputy PM in the Republic Government of Nepal again and keeping Ex-King in dark because it is evident that he is silent about MCC (Anti-Nepal American Project) and also about the controversial Citizenship Bill approved by controversial president and the Supreme Court!