राष्ट्रिय मानव अधिकार आयोगलाई तदर्थ मानसिकताबाट माथि उठ्न इन्सेकको सुझाव – Nepal Press

राष्ट्रिय मानव अधिकार आयोगलाई तदर्थ मानसिकताबाट माथि उठ्न इन्सेकको सुझाव

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको स्तरीकरणसम्बन्धी विर्मशका कारण तदर्थ मानसिकतामा खुम्चिएको भन्दै अब आोगले त्यस अवस्थाभन्दा माथि उठ्न अनौपचारिक शिक्षा केन्द्र (इन्सेक)ले सुझाव दिएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानव अधिकार संस्थाको विश्वव्यापी सञ्जाल (गानरी)ले राष्ट्रिय मानव अधिकार आयोग, नेपालको श्रेणी घटुवा गर्न सक्छ भन्ने आशंका रहिरहेकै अवस्थामा श्रेणी कायमै राखेकोमा इन्सेकले खुसी व्यक्त गरेको हो ।

‘आयोग अब मानव अधिकार तथा नागरिक समाज संस्थासँग गतिविधिको तहमा मात्र होइन, नीतिगत तहमा पनि सशक्त सहकार्यको वातावरण बनाउनु पर्दछ ।’ इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

ुइन्सेकले राष्ट्रिय मानव अधिकार आयोग, नेपाल ‘क’ श्रेणीमा कायमै रहेको सन्दर्भमा नेपालको वर्तमान संविधान जारी हुनुभन्दा अघिको राष्ट्रिय मानवअधिकार ऐन २०६८ लाई विस्थापित गर्दै आयोगलाई पेरिस सिद्धान्त (१९९३) अनुसार अझ बढी स्वायत्त र प्रभावकारी बनाउने गरी नयाँ कानुनको निर्माण गर्ने प्रकृयाको गति बढाउन पनि सरकारसँग माग गरेको छ ।

नेपालका मानव अधिकार तथा नागरिक संस्थाको संघर्षको प्रतिफलका रूपमा स्थापित र उनीहरूकै सचेत निगरानीका कारण ‘क’ श्रेणीमा कायम रही आएको राष्ट्रिय मानव अधिकार आयोग मजवूत, स्वायत्त, सक्षम, संवेदनशील, प्रभावकारी, सकृय र हरेक क्षण मानव अधिकारको संरक्षण र सम्वर्धनमा तत्पर र समर्पित हुनु पर्दछ भन्ने अपेक्षा रहेको इन्सेकले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर