माधव नेपाललाई कमल थापाको हाँक- जनमत संग्रहमा जाने हिम्मत छ ? – Nepal Press

माधव नेपाललाई कमल थापाको हाँक- जनमत संग्रहमा जाने हिम्मत छ ?

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई हिन्दूराष्ट्र एवम् गणतन्त्रका विषयमा जनमत संग्रहमा जाने हिम्मत छ भनी प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाललाई खुलापत्र लेख्दै नेपालले राजालाई चुनावमा लड्न आउ भनेको समाचारप्रति इंगित गर्दै यस्तो बताएका हुन् ।

‘हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र संघीयता वा अखण्ड नेपाल मध्य के राख्ने भन्नेबारे जनमत संग्रह गरौँ’, उनले लेखेका फेसबुकमा लेखेका छन्, ‘सँधैको लागि यो विवादको छिनोफानो गरौँ। वर्तमान संविधानमा पनि जनमत संग्रहको प्रावधान छ । तपाईँ स्वयं सत्तारुढ गठबन्धनको प्रमुख नेता हुनुहुन्छ । सक्नुहुन्छ हुन्छ जनमत संग्रह गर्न ? यो राजावादीको तर्फबाट तपाईँलाई चुनौती भयो माधव जी ।’

यस्तो छ थापाको स्टाटसः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर