केदार कार्कीलाई बधाईं दिँदै विश्वप्रकाशले भने- देउवा र शेखरले गल्ती सच्चाएर संस्थागत प्रक्रियामा फर्किनुपर्छ – Nepal Press

केदार कार्कीलाई बधाईं दिँदै विश्वप्रकाशले भने- देउवा र शेखरले गल्ती सच्चाएर संस्थागत प्रक्रियामा फर्किनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा विश्वासको मत दिएर जानुपर्ने बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले गल्ती सच्चाएर संस्थागत प्रक्रियाबाटै जानुपर्नेमा जोड दिए ।

उनले भने, ‘फेरि पनि सबै जुटेर जानुको अर्को विकल्प छैन । सभापतिको, डा. शेखरको, हामी अन्य पदाधिकारीको या प्रदेश केन्द्रित साथीहरू, जो जसको जे जस्तो कमजोरी र गल्ती छ, त्यसको गहन समीक्षा गर्नु नै छ र फेरि पनि मर्यादित संस्थागत प्रक्रियामा फर्किनुछ ।’

उनले कांग्रेसले विश्वासको मत दिनुपर्ने बताउँदै विद्रोह गरेर बनेका नयाँ मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतका लागि अग्रिम बधाई दिएका छन् ।

महामन्त्री शर्माले राजनीतिमा कुनै पनि विषयमा फरक मत, विवाद र द्वन्द्व हुनसक्ने उल्लेख गर्दै समाधान खोजिरहँदा पारदर्शिता र निश्चित मर्यादा जरुरी हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर