नौवहिनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि ओली प्युठान जाँदै


रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज प्युठान आउने भएका छन् ।
नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न अध्यक्ष ओली असोज २८ गते घटस्थापनाका दिन प्युठान आउन लागेका हुन् ।
एमाले पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाका अनुसार अध्यक्ष ओलीले असोज २८ गते बिहान स्वर्गद्वारी आश्रम मन्दिरमा दर्शन र पूजाआजामा सरिक हुने कार्यक्रम तय भएको छ ।
त्यसपछि प्युठानीहरूसँग आयुष्मा होटल बिजुवारमा भेटघाट तथा सम्बोधन गर्नेछन् । त्यसपश्चात् वाहनेमा नौबहिनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
ओली २९ वर्षपछि दोस्रो पटक प्युठान आउन लागेको नेताहरूले जनाएका छन् ।
यसअघि असोज १६ गते खराब मौसमका कारण ओली प्युठान आउने कार्यक्रम स्थगित गरिएको थियो।