एमालेले संघ, प्रदेश र संसदमा गैर जिम्मेवार भूमिका निर्वाह गरिरहेको छ : मन्त्री भुसाल
‘कोशी समीकरणले संघीय सरकारलाई असर गर्दैन’


काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले एमालेले अत्यन्तै गैर जिम्मेवार भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन् ।
संघ, प्रदेश र संसद पनि एमालेले गैर जिम्मेवार भूमिका निर्वाह गरिरहेको उनको जिकिर थियो ।
शनिवार जनकपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भुसालले कोशी प्रदेशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिले संघीय सरकारलाई कुनै असर नगर्ने दाबी समेत गरे ।
उनले एमालेले मुलुकमा अस्थिरता निम्त्याउने प्रयत्नलाई जारी राखेको पनि बताए ।
एक अर्को प्रसंगमा मन्त्री भुसालले सरकारले कृषि क्षेत्रमै रोजगारीको अवसर सिर्जना गर्नका लागि अभियान चलाउन लागेको बताए ।
बाँझो जमिनको पहिचान गरी त्यस्ता जमिनमा खेती गर्नका लागि किसानहरूलाई प्रेरित गर्ने उनको योजना थियो ।
कसले भन्छ यो भनेको त ….
तिमीजस्तो दिल्लीको नोकर होइन एमाले । काँग्रेसको पुच्छर बनेर, प्रचण्डको पाउ मलेर मन्त्री खान पाए भन्दैमा फुर्ती ? घुस्याहा । कालिमाटी तरकारी वजारको कतिवटा सटर खाइस् ?