रवि लामिछानेको टिप्पणी- मलाई र स्वर्णिम वाग्लेलाई हराउन बनेको महागठबन्धनले कोशीमा सार्थकता पाएछ – Nepal Press

रवि लामिछानेको टिप्पणी- मलाई र स्वर्णिम वाग्लेलाई हराउन बनेको महागठबन्धनले कोशीमा सार्थकता पाएछ

उद्देश्य एउटै भएपछि सटर बेग्लै नराख्न पुराना दलहरुलाई आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत उपनिर्वाचनमा आफू र स्वणिम वाग्लेलाई हराउन ड्राफ्ट तयार भएको महागठबन्धनले आज सार्थकता पाएको टिप्पणी गरेका छन् । गठबन्धनको सहमतिविपरित एमालेको समर्थनका कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

कोशीमा कार्की मुख्यमन्त्री बनेलगत्तै कांग्रेस नेता डा. शेखर कोइरालाले गठबन्धन नतोड्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग सहमति गरेका छन् ।

सभापति लामिछानेले भनेका छन्, ‘गत उप–निर्वाचनमा मलाई र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठबन्धनले आज कोशीमा सार्थकता पाएछ । राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्। र आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गरी, सकेसम्म चुनाव चिन्ह समेत एउटै हुने गरि महासहमति पनि गर्नु होला ।’

उनले अब केन्द्रमा पनि यस्तै सहकार्य गर्दै आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गरी सकेसम्म चुनाव चिन्ह समेत एउटै हुने लाग्न भनेका छन् ।

उनले थपेका छन्, ‘ढिला नगरी महागठबन्धनवादी मोर्चाको घोषणा सभा बारेपनि सुन्न पाइयोस् । उद्देश्य एउटै कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि, सटर चाहिँ किन बेग्लाबेग्लै ?’


प्रतिक्रिया

One thought on “रवि लामिछानेको टिप्पणी- मलाई र स्वर्णिम वाग्लेलाई हराउन बनेको महागठबन्धनले कोशीमा सार्थकता पाएछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर