केदार कार्कीलाई प्रश्न- मन्त्रिपरिषद् विस्तार गर्दा एमालेसँग मिलेर गर्नुहुन्छ कि गठबन्धन ? (भिडिओ)


काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले मध्यावधि रोक्नको लागि एमालेसँग मिलेर सरकार गठन गरेको बताएका छन् । उनले भोलि शपथसँगै सानो मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ ।
उनले भने, ‘४७ सांसदहरुको सामूहिक एकताले हामीले मध्यावधि रोक्न सफल भयौं । संविधानको धारा १६८ (५) को अनुसार मलाई मुख्यमन्त्री नियुक्ति गर्नुभयो । यहाँ पार्टीले पनि सबैभन्दा पुरानो, संविधान मान्ने पार्टीले संविधानसम्मत गरेको कुरालाई सकारात्मक रुपमा लिन्छ भन्ने बुझेको छ ।’
सरकार गठनमा अब एमालेसँग मिलेर बन्छ कि गठबन्धनसँग भन्ने प्रश्नमा उनले भने, ‘त्यो पछिको कुरा हो । अहिले त्यो निर्णय भएको छैन। काम गर्दैजाँदा हुन्छन् ।’
उनले भोलि शपथसँग मन्त्रिपरिषद् गठन हुने बताए ।
भिडिओ
यस्ता अनैतीक प्रश्नको जवाफ दियी राख्नु पर्दैन :: आजको लागि आफ्नु जग, धरातल नबिर्सनु त्येत्ति !!
प्रस्ट सँग भन्दा प्रचन्डले जस्तो ‘अनैतीक’ काम नगर्नू !! गठबन्दनले बनाएको ’ब्येभिचारी’ कोठा भित्र नछिर्नु !!