तिलोत्तमामा नगरपालिका आउने सेवाग्राहीलाई निःशुल्क अटोरिक्सा


रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालन गरेको छ । नगरपालिकाले शंकरपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि निःशुल्क अल्टो सञ्चालनमा ल्याएको हो ।
तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाण र उपमेयर जागेश्वदेवी चौधरीले महिला चालक इन्द्रकला श्रेष्ठलाई साँचो हस्तान्तरण गरेर निःशुल्क अटोरिक्साको शुभारम्भ गरेका छन् ।
मेयर खाणले भौतिक र मानवीय विकासमात्रै नभई नगरवासीलाई सेवा दिन निःशुल्क अटोरिक्सा सञ्चालन गरिएको बताए ।
नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटर भित्र भएकाले सेवा लिन आउँदा धेरै दुःख भएकाले अटोरिक्सा सञ्चालन गरिएको नपाले जनाएको । नपाले निःशुल्क अटोरिक्साको चालकमा महिला छन् ।
तत्काललाई एउटामात्रै अटोरिक्सा सञ्चालनमा ल्याइएको र पछि आवश्यकताअनुसार बढाउँदै लगिने मेयर खाणले बताए ।
नगरपालिकाकी उपमेयर चौधरीले कार्यालयमा जान आउन सार्वजनिक यातायातको सुविधा नभएकाले निःशुल्क अटो सञ्चालनमा ल्याइएको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिका नगरवासीहरुको सेवाप्रति जिम्मेवार र उत्तरदायी हुनैपर्ने र सो कुरा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क अटोले पुष्टि गर्ने बताए ।
अटोरिक्सा सीट फुल वा १५ मिनेटमध्ये जुन पहिला हुन्छ, सोहीअनुसार सञ्चालन हुने उनले बताए ।