प्रधानमन्त्री प्रचण्ड विदेशीको इशारामा चल्नुभयाे : शंकर पोखरेल


रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार नेपाल र नेपालीको नभएको आरोप लगाएका छन् ।
एमाले निकट थारुहरुको संगठन नेपाल लोकतान्त्रिक संघको लुम्बिनी प्रदेशस्तरीय प्रथम भेलाको उद्घाटन गर्दै महासचिव पोख्रेलले राष्ट्रिय आवश्यकताभन्दा विदेशीको इसारामा नाच्ने प्रधानमन्त्री नेपाल र नेपालीको हुन नसक्ने बताए ।
नेपालका प्रधानमन्त्री विदेश भ्रमण गर्दा नेपाल र नेपालीका समस्या उठान गर्ने र पैरवी गर्ने आँट नगरी नेपाल र नेपालीको ढाँड सेक्नेगरी अगाडी बढेको पनि आरोप लगाए । ‘यो सरकार न त जनताको सरकार हुन सक्यो । न राष्ट्रको सरकार हुन सक्यो । देशका प्रधानमन्त्री आफैले भन्ने गर्दछन् मत छिमेकीहरुको लागि कम्फर्टेवल छु’, उनले भने, ‘विदेश भ्रमणमा नेपालका हितको पक्षमा पैरवी गर्ने आँट गर्न सक्दैनन् ।’
कार्यक्रममा थारु अगुवाहरुले नेपालको आदिवासी थारु समुदायको हककितमा ठूला दलहरु अनुदार रहेको भन्दै थारु कलष्टर निर्र्माण गरेर थारुहरुलाई हरेक क्षेत्रको मूल प्रवाहमा ल्याउनुपर्ने माग गरेका छन् ।