कानून र न्याय सेवाका १२ सहसचिवसहित १५१ कर्मचारीको सरुवा (सूचीसहित) – Nepal Press

कानून र न्याय सेवाका १२ सहसचिवसहित १५१ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । कानून, न्याय तथा सरकारी वकिलतर्फका १२ सहसचिवसहित १५१ जना कर्मचारीको सरुवा भएको छ । त्यस्तै ५१ जना कर्मचारीको पदस्थापन भएको छ ।

न्याय सेवा आयोगको आइतबार बसेको बैठकले राजपत्रांकित प्रथम श्रेणी कानून समूह र सरकारी वकिल समूहका ६-६ जना सहसचिवको सरुवा गरेको हो ।

कानून समूहका सहसचिवमा अर्जुनकुमार खड्काको अर्थ मन्त्रालयबाट न्याय सेवा तालिम केन्द्र, धर्मराज कुइँकेलको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशबाट राष्ट्रपतिको कार्यालय, कोमलबहादुर खत्रीको नेपाल कानून आयोगबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, राजेन्द्र थापाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र बलसागर गिरीको न्याय सेवा तालिम केन्द्रबाट अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै सरकारी वकिल समूहका सहसचिव अच्यूतमणि न्यौपानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट महान्यायाधिवक्ताको कार्यालय, सन्देश श्रेष्ठको महान्यायाधिवक्ताको कार्यालयबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, नारायणबहादुर थापाको उच्च सरकारी वकिल कार्यालय पोखराबाट उच्च सरकारी वकिल कार्यालय विराटनगर, यदुनाथ शर्माको उच्च सरकारी वकिल कार्यालय जनकपुरबाट उच्च सरकारी वकिल कार्यालय पोखरा, कोषहरि निरौलाको उच्च सरकारी वकिल कार्यालय विराटनगरबाट उच्च सरकारी वकिल कार्यालय जनकपुर र हरिशंकर ज्ञवालीको उच्च सरकारी वकिल कार्यालय ओखलढुंगाबाट महान्यायाधिवक्ताको कार्यालय काठमाडौंमा सरुवा भएको छ ।

आयोगले सरकारी वकिल समूहका ५१ जना राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवसरहका कर्मचारीको पनि सरुवा गरेको छ । कानून समूहका राजपत्रांकित तृतीय श्रेणी अर्थात अधिकृतसरहका १५ जना कर्मचारीको पनि सरुवा गरेको छ ।

आयोगका अनुसार सरकारी वकिल समूहका राजपत्रांकित तृतीय श्रेणी अर्थात अधिकृतसरहका ७३ जना कर्मचारीको सरुवा भएको छ । आयोगले न्याय समूहका १५ जना राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृत, कानून समूहका ८ जना शाखा अधिकृत र सरकारी वकिल समूहका २८ जना अधिकृतको विभिन्न निकायमा पदस्थापन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर