दशैंको टीकाको साइत कुन देशमा कति बजे ? – Nepal Press

दशैंको टीकाको साइत कुन देशमा कति बजे ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विजया दशमी टीकाको साइत विभिन्न देशअनुसार सार्वजनिक गरेको छ ।

विभिन्न देशबाट साइतबारे जिज्ञासा आएकाले समितिले नेपाल, भारतलगायत विश्वका महत्वपूर्ण देशहरुमा टीका लगाउन उत्तम साइत सार्वजनिक गरिएको जनाएको छ ।

जसअनुसार कात्तिक ७ गते परेको विजया दशमीमा टीका लगाउने साइत काठमाडौंमा बिहान ११ः०२ बजे छ । दिल्ली, भारतमा अक्टुबर २४ विहान १०ः५५ मा छ भने अमेरिकाकाको न्यूयोर्कमा अक्टुबर २३ मा १०ः४७, केन्टुकीमा ११ः३१ टेक्सामा ११ः०३, वासिङ्गटनमा १०ः५३ र क्यालिफोर्नियामा १०ः३१ बजे रहेको समितिले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर