मधेश प्रदेशसभाको बैठक अढाई महिनापछि बस्दा पनि मुख्यमन्त्री अनुपस्थित – Nepal Press

मधेश प्रदेशसभाको बैठक अढाई महिनापछि बस्दा पनि मुख्यमन्त्री अनुपस्थित

जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक अढाई महिनापछि बस्दा पनि मुख्यमन्त्री सरोज कुमार यादव भने अनुपस्थित भएका छन् ।

प्रदेशसभाको दोस्रो आधिवेशनको आज पहिलो बैठक मात्र ८ मिनेट चल्यो । तर बैठकमा मुख्यमन्त्री नै देखिएनन् । स्रोतका अनुसार उनी भारत भ्रमणमा छन् ।

बैठकमा सभामुख रामचन्द्र मण्डलले पहिले प्रदेश प्रमुखले दोस्रो आधिवेशन डाकेको पत्र सुनाए । त्यस्पछि उनले जसपाको समानुपातिक सांसद बिन्दु कुमारी यादवको निधन भएको जानकारी सदनलाई गराए ।

सांसद यादवको निधन भएकोमा प्रदेशसभाबाट शोक प्रस्ताव पारित भएको छ । सदनमा उनको निधनमा एक मिनेट मौन धारण समेत गरिएको छ ‌।

सभामुख मण्डलले ईजराइलमा भएको हमलामा मारिएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धग्रस्त क्षेत्रमा बसेका नेपाली नागरिकको अबिलम्ब उद्धार गर्न संघीय सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रदेशसभाको अर्को बैठक असोज २९ गते २ बजे बस्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर