टीभीभित्र सुन ल्याइएपछि विमानस्थल भन्सारले भन्यो: प्रलोभनमा परी अवैध सामान नल्याउनू – Nepal Press

टीभीभित्र सुन ल्याइएपछि विमानस्थल भन्सारले भन्यो: प्रलोभनमा परी अवैध सामान नल्याउनू

काठमाडौं । स्वदेश फर्कंदा व्यक्तिगतबाहेक अपरिचितको सामान नल्याउन अनुरोध गर्दा पनि सुन ल्याएको अवस्थामा एक जना पक्राउ परेका छन् ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले टीभीभित्र आधा केजी अवैध पहेंलो धातु (सुन) ल्याउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको हो ।

भन्सार विभाागले बारम्बार सूचना जारी गर्दै अपरिचित व्यक्तिको सामान नल्याउन अनुरोध गर्दै आएको छ ।

विदेशबाट फर्कने नेपाली नागरिकहरुलाई कुनै पनि प्रलोभनमा परी अवैध सामान लुकाइछिपाइ नल्याउन भन्सार कार्यालयले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर