न्युजिल्यान्डको लगातार दोस्रो जित, नेदरल्यान्ड्स सहजै पराजित – Nepal Press

न्युजिल्यान्डको लगातार दोस्रो जित, नेदरल्यान्ड्स सहजै पराजित

नयाँ दिल्ली । भारतमा जारी एकदिवशीय विश्वकप क्रिकेटमा साबिक उपविजेता न्युजिल्यान्डले लगातार दोस्रो जित हात पारेको छ ।

समूहगत चरणको आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डले सोमबार साँझ नेदरल्यान्ड्सलाई ९९ रनले हरायो ।

पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन जोडेको थियो ।

न्युजिल्यान्डका विल यङले ७०, रचिन रविन्द्रले ५१, टम लाथमले ५३, ड्यारी मिचेलले ४८, मिचेल सान्टनरले ३६ र डेभन कनवेले ३२ रन बनाएका थिए।

नेदरल्यान्ड्सले ४६.३ ओभरमा सबै विकेट गुमाएर २ सय २३ रन मात्र जोड्न सक्यो । उसका लागि कोलिन अकरम्यानले सर्वाधिक ६९ रन बनाए । अन्य ब्याट्सम्यानले अर्धशतक पुरा गर्न सकेनन्।

सान्टनर एक्लैले ५ विकेट लिए । म्याट हेनरीले पनि ३ विकेट हात पारे । न्युजिल्यान्डले पहिलो खेलमा साबिक विजेता इङल्यान्डलाई हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *