मलेसियाबाट आएका सिन्धुलीका नवराज आधा केजी काँचो सुनसहित भन्सारको नियन्त्रणमा – Nepal Press

मलेसियाबाट आएका सिन्धुलीका नवराज आधा केजी काँचो सुनसहित भन्सारको नियन्त्रणमा

काठमाडौं । मलेसियन एयरलाइन्सबाट नेपाल आएका सिन्धुलीका नवराज धामी आधा केजी काँचो सुनसहित त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् ।

उनलाई सोमाबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिएका छन् । टिभीमा भित्रपट्टी लुकाएर ल्याएको ५१० ग्राम सुनसहित उनी पक्राउ परेका हुन् ।

उनीमाथि अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *