इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्रीलाई पठाउन सांसद श्रेष्ठको माग – Nepal Press

इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्रीलाई पठाउन सांसद श्रेष्ठको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालीहरु खान नपाएर बंकरभित्रै मर्ने अवस्थामा रहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले इजरायलमा रहेका फोन वार्ता गरेको सुनियो त्यसका लागि धन्यवाद। फोन वार्ता मात्रै गरेर भएर सकिँदैन भने परराष्ट्रमन्त्रीज्यूलाई तुरुन्तै इजरायल पठाएर भएपनि नेपालीहरुलाई उद्धार गर्ने, खान नपाएर त्यहाँ नेपाली विद्यार्थी मर्ने अवस्थामा छन् । उनीहरुलाई बचाएर नेपाल ल्याउन माग गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर