प्रधानमन्त्री प्रचण्डले बाेलाए सर्वदलीय बैठक


काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा शिक्षाक विधेयक, इजरायल घटनालगायतका विषयमा छलफल भएको छ । सिंहदबारमा बसेको संसदीय बैठकले शिक्षा विधेयकबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आजै सर्वदलीय बैठक बोलाउने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
उनका अनुसार सर्वदलीय बैठक इजरायमा अलपत्र नेपालीको उद्धार, ज्यान गुमाएका नेपाली विद्यार्थीको शव ल्याउनेलगायतको विषयमा पनि केन्द्रित हुनेछ ।
पाण्डेले भने, ‘आज नै प्रधानमन्त्री सर्वदलीय बैठक राख्नुभएको छ । यसैमा विद्यालय शिक्षाबारे छलफल हुन्छ । त्यसका आधारमा हामी गठबन्धन दलसँग कुरा गरेर संशोधन राख्छौं । बैठकमा इजरायल घटनालगायत समसामयिक राजनीतिक विषय पनि छलफल हुनेछ । ’