माधव नेपालसँग टीका लगाएका रोहिणीका नेता २४ घण्टा नबित्दै एमालेमा फर्किए – Nepal Press

माधव नेपालसँग टीका लगाएका रोहिणीका नेता २४ घण्टा नबित्दै एमालेमा फर्किए

रूपन्देही । आइतबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग टीका लगाएर पार्टी प्रवेश गरेका एमाले रोहिणी गाउँपालिका अध्यक्ष सुनिल कौशल २४ घण्टा नपुग्दै मूलघर फर्केका छन् ।

नेकपा एसको अभियानमा उनीसहित ६५ जना आफ्नो पार्टीमा आएको नेकपा एसले जनाएको थियो । कौशलले आफूसहितको टीम एमालेमै फर्केको नेपाल प्रेसलाई बताए ।

‘धेरै सोचेर मूल पार्टीमै रहने निर्णय गरिया, हिजो गलत भएछ’, उनले भने ।

पार्टीभित्रको आन्तरिक समस्याका कारण एमाले परित्यागको घोषणा गरेको भए पनि आफू साविककै पार्टी एमालेमा रहेको उनले बताएका हुन् । कौशलले नेपाली जनताको आड भरोसाको पार्टी नेकपा एमाले भएको उल्लेख गर्दै आफू विचलित भएर गरेको एमाले परित्यागको निर्णयलाई पुनः सच्च्याएको विज्ञप्तिमार्फत् बताएका छ्न् ।

उनले आफूसँगै पार्टी छाडेकाहरू सबैले निर्णय सच्च्याएर एमालेमै रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर