राष्ट्रपतिले भने- राजा मान्न बानी परेका जनतालाई राष्ट्रपतिको सीमाबारे बुझाउन सकिएको छैन
‘मैले गठबन्धनका नेता र प्रधानमन्त्रीलाई टेकन फर ग्रान्टेड लिन नखोज्नु भनेको छु, राजा जस्तो बन्न खोज्दिनँ’


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउनका नसकिएको बताएका छन् । शीतल निवासमा आइतबार मूलधरका सीमित सम्पादकसँग पौडेलले जनतालाई राष्ट्रपतिको पदको सीमाबारे बुझाउन आवश्यक रहेको बताए ।
पौडेलले भने, ‘संविधानले राष्ट्रपतिको सीमा तोकेको छ । सरकारको निर्णय कार्यान्वयन गर्दा राष्ट्रपति संस्थालाई विवाद र आलोचनाको शिकार बनाइयो । गणतन्त्रको संस्थागत विकासको लागि राम्रो होइन तर, राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउन आवश्यक छ । राजाले गल्ती गर्दैनन् भन्ने परम्परागत मान्यता अझै रहेको छ ।’
पौडेलले आफू राजाजस्तो बन्ने पक्षमा नरहेको समेत प्रष्ट पारे ।
उनले भने, ‘मैले भन्दै आएको छु र फेरि पनि भन्छु मलाई राजाजस्तो बस्नु छैन र म राजाजस्तो बन्दिनँ तर आफ्नो संवैधानिक कर्तव्य र नैतिक दायित्व पालनाका सन्दर्भमा विवेक प्रयोग गर्छु । मैले गठबन्धनका नेताहरूलाई र प्रधानमन्त्रीलाई पनि एकैठाउँमा राखेर भनेको छु कि मबाट टेकन फर ग्रान्टेट लिन नखोज्नुस् । म संविधान र जनताको चाहना विपरित कुनै सिफारिस लिएर नआउनुस् ।’
पौडेलले आफू राष्ट्रपति भएपछि सकेसम्म जनतालाई दु:ख नहोस् भन्नेमा सचेत रहेको बताए । तर, सरकारका कतिपय सिफारिस कार्यान्वयन गर्ने संवैधानिक दायित्व पूरा गर्दा विवाद आएकोमा दु:ख व्यक्त गरे ।
राजाले हत्यारालाई आम माफि दिदैनथे । अहिले तिमीले दिन थाल्यौ । राष्ट्रपति भएपछि आफ्नो पार्टीकाले मारेमा पनि आम माफी दिन नपाउने ? कस्तो कुरा नबुझेको जनताले । कुरो बुझाउन समय लागेको मात्र हो ।