वेगनास तालमा प्यूठानका एक युवक मृत फेला – Nepal Press

वेगनास तालमा प्यूठानका एक युवक मृत फेला

पोखरा । कास्कीको वेगनास तालमा प्यूठानका एक युवक मृत फेला परेका छन् । प्यूठान मल्लरानी गाउँपालिका–४ खलंगाका २२ वर्षीय अनिश श्रेष्ठ बेगनास तालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३१ अलैची कुना स्थित बेगनास तालमा उत्तानो तैरियको अवस्थामा श्रेष्ठको शव फेला परेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

अनुसन्धान तथा घटनास्थल मुचुल्का पश्चात् शव पश्चिमान्चल क्षेत्रीय अस्पताल पठाएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर