पुल्चोकका प्राध्यापकप्रति क्रान्तिकारीका उपाध्यक्ष मैनालीको टिप्पणी- लाज ढाक्नुस् – Nepal Press

पुल्चोकका प्राध्यापकप्रति क्रान्तिकारीका उपाध्यक्ष मैनालीको टिप्पणी- लाज ढाक्नुस्

काठमाडौं । ईन्जिनियरङ अध्ययन संस्थान विद्यार्थीलाई जिम्मा लगाउने विभागीय प्रमुखहरुको कदमप्रति अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले कडा आपत्ति जनाएका छन् । मंगलबार पुल्चोक क्याम्पसका ६ जना विभागीय प्रमुखले विज्ञप्ति निकाल्दै विद्यार्थी संगठनहरुलाई क्याम्पस चलाउ भनेकोमा मैनालीले प्रतिवाद गरेका हुन् ।

मैनालीले प्राध्यापकहरूको हैसियत र सोचमाथि पनि प्रश्न उठाएका छ्न । ‘ईन्जिनियरिङ अध्ययन संस्थान’ हो कि ‘एकान्तकुनाको यातायात कार्यालय ?’ बस व्यवसायी संघ संचालक समितिका सदस्यहरु जस्ता किन देखिन थाले पुल्चोक मुख्यालयमा बडे बडे कुर्सीमा बस्नेहरु । लाज ढाक्नुस्’, उनले भनेका छन्, ‘प्रतिष्ठित अध्ययन संस्थान नै बदनाम हुन थाल्यो । गैर जिम्मेवारीपनले हद पार गर्न लागेन र ?’

हरेक वर्ष झैं प्रवेश परिक्षाका बेला विभिन्न समस्या देखाउँदै समयमा परीक्षा लिन असफल आइओई प्रशासन यसपालि पनि महिनौंदेखि समस्यमा रमल्लिएको छ ।

मैनालीले विभागिय प्रमुखहरुको कदमलाई गैर जिम्मेवारीपनको हद भनेका छन् ।

लामो समयदेखि शुल्क वृद्धिसँग सम्बन्धी विवादमा अल्झिएको आइओईले यो वर्ष प्रवेश परीक्षा सञ्चालन गर्न नसक्दा अभिभावक र विद्यार्थी चिन्तित छन् भने मुलुकमा शैक्षिक वातावरण नभएको भन्दै विद्यार्थी विदेशी विश्वविद्यालयमा जाने क्रम तीव्र भएको छ ।

मंगलबार क्याम्पसका विभागी प्रमुखहरूले नवनिर्वाचित स्ववियु सभापतिहरूले याे भन्दा राम्ररी कलेज चलाउने भनेर दिएकाे अभिव्यक्तिकाे सम्मान गर्दै विद्यार्थीहरूलाई कलेज चलाउन दिने छलफल भएकाे भन्दै विज्ञप्ति जारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर