आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो : मन्त्री श्रेष्ठ – Nepal Press

आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन् ।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आममाफी नभइ कैद कट्टा मात्रै गरेको बताइन् । उनले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ आफूहरुले नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन् । उनले कैद कट्टा गरेर छुटाउनु र आममाफी दिनु फरक भएको बताइन् ।

‘आममाफी एउटा छुट्टै कुरा हो । अदालतबाट दोषी ठहर भएकालाई पनि आममाफी दिने भन्ने कुरा छ । र अहिलेको उसमा आममाफी नै दिइएको छैन । किनभने यो त कैद कट्टा गरिएको हो । कैद कट्टा गरेर छुटाइएको हो’, उनले भनिन्, ‘हामीले क्याबिनेट बैठक बस्दा पनि त्यो भनेको छैन । अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौँ । कारागारमा गइसकेपछि आफूले भोग्नु कानूनअनुसार भोग्नुपर्छ । यस पटक कसैलाई आममाफी दिइएको छैन । नबुझेको हो । कैद कट्टा हो ।’

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार लागुऔषध लगायतमा आममाफी दिनेकुरा गलत भएको बताए । उनले पहिला यी कुरामा नदिने गरिएपनि अहिले विकृति आएको बताए ।

उनले भने, ‘यो गलत परम्परा हो । पहिला मैले थाहा पाउँदा तीन, चार वटा कुरा हत्या, बलात्कार लागुऔषधमा माफी दिइँदैन थियो । अहिले जुनसुकैलाई पनि माफी दिने परम्परा भएको छ, त्यसमा राष्ट्रपतिलाई पनि मुस्ने गरिएको छ, उहाँले त हस्ताक्षर गर्ने मात्रै हो । हाम्रो नेतृत्व गरेकाहरु चुकेका हुन् । भ्रष्टाचारबिहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सिमति छ ।’

नेता केसीले भ्रष्टाचारबिहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सिमति बनेको बताए ।

 


प्रतिक्रिया

3 thoughts on “आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो : मन्त्री श्रेष्ठ

  1. आम माफी र कैद कट्टा भन्नू एकै कुरा। यस्ता झुत्री त सासद। धिक्कार!

  2. महामहिम राष्ट्पतिलाइ देश ठुलाे कि पद ठुलाे यति पनि साेच्न नसक्नु महाभुल हाे गैर जिम्मेवारि हाे । यस्ताे निर्णयलाइ मेराे समर्थन वा हस्ताक्षर गरि प्रमाणित गर्न सक्दिन बरु महाअभियाेग लगाउनु मलाइ भनेर ३ कराेड जनताकाे मन जित्ने कि ३ जनाकाे मन ?

  3. Aba aafnai sreeeman aammafi baata chuteko chha uslaai ta aru hatya gareko manchhe chutda k achamma bhayo ra.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर