गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित – Nepal Press

गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

गणपूरक संख्या नपुगेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले पेश गरेको विद्युत विधेयक छलफलक‍ा लागि संख्या नपुगेको हो ।

नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्नेमा प्रतिनिधिसभाको एक चौथाई सदस्य हुनुपर्ने व्यवस्था छ । तर, ६६ सांसदमात्रै भएपछि सभामुखले कार्यसूचीबाट हटाएर बैठक स्थगित गरेका हुन् ।

अर्को बैठक अब विहीबार दिउँसो १ बजे बस्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर