जसपाका तीन केन्द्रीय नेतासहित सिरहाका दर्जनौं नेता जनमत पार्टीमा प्रवेश – Nepal Press

जसपाका तीन केन्द्रीय नेतासहित सिरहाका दर्जनौं नेता जनमत पार्टीमा प्रवेश

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का तीन केन्द्रीय नेतासहित सिरहाका दर्जनौं नेता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जसपाका केन्द्रिय सदस्य तथा राजनीतिक समिति सदस्य उदय नारायण यादव, केन्द्रिय सदस्य नथुनी यादव र कार्यकारिणी सदस्य कुलानन्द झा जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

यस्तै जसपाका सिरहा जिल्ला सदस्य मो. झबु राइन, जसपा मधेश प्रदेश सदस्य मो. हमजा राइन र माओवादी केन्द्रका विद्यार्थी संगठनका सिरहा जिल्ला अध्यक्ष गजेन्द्र ठाकुर लगायतका नेताहरु पनि जनमतमा एकसाथ प्रवेश गरे ।

उनीहरु काठमाडौंस्थित जनमत पार्टीको केन्द्रीय कार्यालय पुगेर राष्ट्रीय अध्यक्ष डा. सीके राउतबाट टिका थापेर पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई जनमतका केन्द्रीय सदस्य विरेन्द्र साहले पार्टीमा भित्र्याए ।

अध्यक्ष डा. राउतले नवप्रवेशी नेताहरुलाई स्वागत गर्दै पार्टीमा सम्मानजनक जिम्मेवारी दिने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर