इन्टरनेट सेवा प्रदायकबाट साढे २ अर्ब राजश्व छलेको खुलासा, वर्ल्ड लिंकबाटै १ अर्ब २५ करोड ठगी (प्रमाणसहित)

ग्राहकसँग कसेर पैसा असुली गरिरहेका -ISP इन्टरनेट सेवा प्रदायकहरुले राज्यलाई तिर्नुपर्ने रोयल्टीमा भने अर्बौं रुपैयाँको छली गरिरहेको खुलासा भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको छानबिन समितिले निकालेको १० वटा आर्थिक वर्षको विवरणमा मात्रै साढे २ अर्ब रुपैयाँको राजस्व छली भएको उल्लेख छ ।