कोशी प्रदेश सरकारबारे राप्रपाको यस्तो छ निर्णय, केन्द्रीय समिति बैठक बोलाइयो – Nepal Press

कोशी प्रदेश सरकारबारे राप्रपाको यस्तो छ निर्णय, केन्द्रीय समिति बैठक बोलाइयो

काठमाडौं । राप्रपाले दैनिक उपभोग्य वस्तुमा भएको चरम मूल्यवृद्धिलगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई दबाब दिने र ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

सोमबार अध्यक्ष राजेन्द्र लिङदेनकाे अध्यक्षतामा बसेकाे पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले कोशी प्रदेश सरकारको सम्बन्धमा उपयुक्त समयमा पार्टीको पदाधिकारीसँग परामर्श गरी अध्यक्षले टुंगो लगाउने निर्णय गरेको छ ।

बैठकले पार्टीकाे केन्द्रीय कार्यसमितिकाे बैठक आगामी मंसिर ९, १० र ११ गते बाेलाउने निर्णय गरेको छ ।

त्यस्तै, मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहिनता र समग्र बेथितिविरुद्ध राप्रपाले प्रदेशस्तरीय प्रदर्शन तथा सभाको तयारी गर्न पनि सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर