पोखरा एयरपोर्टको उपकरणमा समस्या, काठमाडौंबाट उडेका जहाज डाइभर्ट

२०८० असोज १५ गते ९:१५

पोखरा । पोखराका लागि उडेका दुई जहाज अवतरण नगरी काठमाडौं फर्किएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि यती एयरलाइन्स र श्री एयरलाइन्सका विमान अवतरण नगरी डाइभर्ट भएका हुन् ।
पोखरा विमानस्थलले केही समय सञ्चार उपकरणमा समस्या आएको र अहिले समाधान भइसकेको बताएको छ ।
‘समस्या समाधान भइसक्यो, एकैछिन सानो फल्टमात्र भएको हो, त्यतिबेलै समाधान भइसक्यो । उडान सुचारु छ’, प्रवक्ता जशोना रेग्मीले भनिन् ।
प्रतिक्रिया
One thought on “पोखरा एयरपोर्टको उपकरणमा समस्या, काठमाडौंबाट उडेका जहाज डाइभर्ट”
Leave a Reply
सम्बन्धित खवर
अनि यस्ता हवाईअड्डाले अन्तर्राष्ट्रिय उडान खोज्छन। फेरी त्यस्तै समस्या आए ती विमानहरू कता डाइभर्ट गर्ने हो? Backup system हुनु पर्यो ।