अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति – Nepal Press

अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडाैं अदालतले अनुमति दिएको छ । अदालतले हिजोबाट लागू हुने गरी तीन दिन म्याद थपेको हो ।

अपराधिक विश्वासघातको आरोपमा केसी शुक्रबार पक्राउ परेका थिए । हिजो शनिबार सार्वजनिक विदा भएकाले उनको म्याद थप भएको थिएन । आज जिल्ला अदालतले भोलिसम्म हिरासतमा राख्न अनुमति दिएको छ । भोलि फेरि उनलाई अदालतमा उपस्थित गराउनुपर्ने छ ।

एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि‘‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध अपराध महाशाखा बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका थिए ।

पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर