सत्तापक्ष र एमालेबीचको छलफल सकारात्मक, सुन तस्करी छानविन समिति आजै बनाउने तयारी – Nepal Press

सत्तापक्ष र एमालेबीचको छलफल सकारात्मक, सुन तस्करी छानविन समिति आजै बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र एमालेबीचको बैठक सकारात्मक भएको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली भने बालुवाटारबाट केहीबेरअघि बाहिरिएका छन् ।

बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग आजै गठन गर्ने विषयमा सकारात्मक छलफल भएको छ ।

‘आज नै आयोग निर्माण हुने गरी कार्यादेश तयार गर्ने सहमतिको नजिक पुगेका छौं । छलफल चाहिँ जारी छ’, बर्तौलाले भने ।
आजको संसद बैठकमा प्रधानमन्त्रीले बोल्ने र सदन चल्नुअघि नै उच्चस्तरीय जाँचबुझ आयोग घोषणाको तयारी रहेको बताइएको छ ।
आयोग बनाउने विषयमा सरकार पूर्वसहमतिबाट पन्छिएको भन्दै एमालेले आजको सदन अवरोध गर्ने तयारी गरेको थियो । यसअघि पनि आयोग गठन गर्ने विषयमा दलका प्रतिनिधि पटकपटक बसेपनि सहमति जुट्न नसकेकोमा शीर्ष नेतालाई जिम्मा दिने निचोडमा पुगेका थिए ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट उपसभापति एवं उपप्रधान तथा गृहमन्त्री पूर्णबहादुर खड्का, एमालेबाट ओली, उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौलाबीच छलफल भएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि छलफलमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर