कोशी नामकरणमा नेकपा एसको जिकिर- छलफल नै नगरी एकाएक प्रस्ताव ल्याइयो

२०८० असोज १४ गते १०:२५

विराटनगर । सत्तागठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले कोशी प्रदेश नामकरणबारे पार्टीको धारणा सार्वजनिक गरेको छ ।
उपाध्यक्ष घनेन्द्र बस्नेतले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रदेशसभामा छलफल र परामर्शविना एकाएक नामको प्रस्ताव ल्याएको टिप्पणी गरेका छन् । उनले गृहकार्यविना मतदानको प्रक्रियामा जानुपर्नाले राजनीतिक जटिलता पैदा गरेको जिकिरसमेत गरेका छन् ।
‘हाम्रो पार्टी संवैधानिक प्रक्रियावाट प्रदेशको नामाकरण भइसकेको आजको स्थितिमा पुन: सोही प्रक्रियावाट छलफल गर्न र निष्कर्षमा पुग्न सदैव तयार रहेको प्रष्ट पार्न चाहान्छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया