ओलीसहित एमाले नेता बालुवाटारमा – Nepal Press

ओलीसहित एमाले नेता बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । अमेरिका र चीन भ्रमणबाट फर्किएको भोलिपल्टै प्रचण्डले बोलाएपछि ओलीसहितका नेता बालुवाटार पुगेका हुन् ।

ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल र महेश बर्तौला पनि प्रधानमन्त्री निवास पुगेका छन् । त्यस्तै कांग्रेसबाट उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का छलफलमा सहभागी छन् ।

भेटघाटको ठोस विषय नखुलाइए पनि प्रधानमन्त्रीनिकट स्रोतले समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बतायो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमतिबाट सरकार पछि हटेको भन्दै एमालेले आजको सदन अवरुद्ध पार्ने संकेत गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर