परीक्षामा कम नम्बर पाएका विद्यार्थी कुटिएपछि अभिभावकको उजुरी – Nepal Press

परीक्षामा कम नम्बर पाएका विद्यार्थी कुटिएपछि अभिभावकको उजुरी

रुपन्देही । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ रनगाई परीक्षामा कम अङ्क ल्याउने एक बालिकामाथि कुटपिट भएको छ ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत वर्ष ११ को छात्रा बढी अङ्क ल्याउने छात्रबाट कुटिएकी छिन् ।

विद्यालयका एक शिक्षकले परीक्षामा थोरै अङ्क ल्याउनेलाई धेरै अङ्क ल्याउनेले पिट्ने नियम बनाई आन्तरिक परीक्षा सञ्चालन गरिएको थियो ।

प्रतिस्पर्धामा सबैभन्दा थोरै नम्बर आएपछि आफ्नै साथीबाट चुटाइ खाएको पीडित बालिकाले बताइन् ।

अरू बेला उत्तीर्ण हुन्थे तर यो पटक कम नम्बर आयो त्यसैले सँगै पढ्ने छात्रबाट पिटाइ खाएँ । कुटपिटको कारण ढाड पछाडि सोम्ला बसेको छ । बेला बेलामा दुख्ने गरेको छ, पीडित बालिकाले बताइन् ।

सिकाई सुधारका लागि शारीरिक पिडा हुने गरी कुटपिट हुनु गलत भएको पीडित बालिकाका अभिभावक नोखई थारुले बताए। विद्यालयले सजाय दिएपछि अभिभावकहरूले विद्यालयमा पुगी ध्यानाकर्षण गराएका छन् । विद्यालयमा हुने शारीरिक र मानसिक सजाय नदिन अभिभावकले आग्रह गरेका छन् ।

यसै गरी कपिलवस्तु नगरपालिकाको सनसाइन आवासीय माविमा होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नभए पछि ११ वर्षीया बालिका शिक्षकबाट कुटिएकी छन् ।

कम्प्युटर विषयका शिक्षकले कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रालाई पिट्दा देब्रे र दाहिने पाखुरा र हातमा नीलडाम बनेको छ ।

पीडित बालिकाले होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कक्षा कोठामै कुटेको बताएका छन् ।

घटनाको विषयलाई लिएर अभिभावकले प्रहरीमा उजुरी समेत दिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर