कोशी, मधेश र बागमती प्रदेशमा मध्यम वर्षाको सम्भावना


काठमाडौं । हाल देशको कोशी, मधेश र बागमती प्रदेशहरुमा सामान्य बदली तथा बाँकी भू(भागमा आंशिक बदली रहेको छ । साथै कोशी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।