राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव कार्कीको निधन

२०८० असोज १२ गते १७:१७

काठमाडौं । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ। ५२ वर्षका कार्कीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको हो ।
कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल पुर्याएकोमा अस्पताल पुर्याउँदा नै उनको निधन भईसेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए ।
ओखलढुङ्गा स्थायी घर भएका कार्की राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत थिए । ५२ वर्षीय कार्कीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर