ग्लोबल पब्लिक स्कूलको अन्तर विद्यालयस्तरीय ‘इतिहास वाचन’ प्रतियोगिता सम्पन्न – Nepal Press

ग्लोबल पब्लिक स्कूलको अन्तर विद्यालयस्तरीय ‘इतिहास वाचन’ प्रतियोगिता सम्पन्न

काठमाडौं । काठमाडौंको ग्लोबल पब्लिक स्कूलले इन्द्रजात्राको अवसरमा अन्तर विद्यालयस्तरीय इतिहास वाचन प्रतियोगिता आयोजना गरेको छ ।

बिहीबार आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका ४० जना विद्यार्थीहरुले फरकफरक ऐतिहासिक घटनाहरु वाचन गरेका थिए ।

प्रतियोगितामा उज्ज्वल तारा स्कूलका छात्र सुमेश घिमिरे प्रथम, भीमेश्वर स्कूलकी छात्रा युनिशा पोखरेल द्वितीय तथा दर्शना स्कूलकी छात्रा रिद्धि पौडेल तृतीय स्थान हासिल गरेका थिए । त्यस्तै, बाल वाटिका स्कूलकी प्रेरिका पोखरेलले शान्त्वना पुरस्कार प्राप्त गरेकी थिइन् ।

विद्यालयले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र शान्त्वना स्थान हासिल गरेका विद्यार्थीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरेको थियो ।

प्रतियोगितामा इतिहासका करिब हराइसकेका र बिर्सिसकिएका घटनाहरुको बारेमा खोजमुलक प्रस्तुति भएको स्कूलले जनाएको छ ।

पृथक किसिमको ज्ञानवद्र्धक एवम् सूचनामुलक कार्यक्रम भएकोमा प्रतियोगीहरुको उत्साहजनक उपस्थिति रहेको स्कूलले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर