सामाजिक सद्भाव बिगारेर संघीयता समाप्त पार्न खोजियो : मुख्यमन्त्री यादव – Nepal Press

सामाजिक सद्भाव बिगारेर संघीयता समाप्त पार्न खोजियो : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीयता विरोधीले सामाजिक सद्भाव विगार्न खोजेको आरोप लगाएका छन् ।

मोहम्मद पैगम्बरको जन्मदिनको अवसरमा जनकपुरधाममा आयोजित समारोहमा बोल्दै उनले सामाजिक सद्भाव विगारेर संघीयता समाप्त पार्न चाहनेहरुबाट सचेत हुनुपर्ने बताए । उनले जस्तोसुकै षड्यन्त्र गरेपनि संघीयता समाप्त नहुने दावी पनि गरे ।

प्रदेश सरकारसंग आफ्नो प्रहरी प्रशासन नहुँदा सामाजिक सद्भाव बिगार्नेहरु बिरुद्ध कारबाहीसम्म गर्न नसकिरहेको उनको भनाई थियो । केही केहिदिन अगाडी हिन्दू-मुस्लिमलाई लडाउन खोज्नेलाई गोली ठोक्ने अभिव्यक्ति पनि दिएका थिए ।

यस्तो सो कार्यक्रममा सहभागी नेकपा एमाले नेतृ तथा संघीय सांसद जुली महतोले मोहम्मद पैगम्बरले जीवन पर्यन्त सामाजिक सद्भाव तथा भाइचराको सन्देश दिएको भन्दै पैगम्बरको सन्देशलाई अनुशरण गर्नुपर्नेमा जोड दिइन् ।

पैगम्बर मोहम्मदको जन्मदिन आज मधेशका मुस्लिम समुदायले हर्षोल्लास पूर्वक मनाएका छन् । जिल्ला सदरमुकामहरुमा मुस्लिम समुदायले र्याली निकालेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर