एमाले बागमतीमा मजदुर क्लस्टरबाट ३ सदस्य निर्विरोध – Nepal Press

एमाले बागमतीमा मजदुर क्लस्टरबाट ३ सदस्य निर्विरोध

काठमाडौं । पार्टी मुख्यालय च्यासलमा जारी एमाले बागमती प्रदेश अधिवेशनमा मजदुर क्लस्टरतर्फ तीनजना सदस्य निर्विरोध भएका छन् ।

आवश्यक तीन पदमा तीनैजनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् ।

निर्विरोध हुनेमा जिफन्ट राष्ट्रिय कमिटी सचिव तारानिधि पन्त (काभ्रे), जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल (मकवानपुर ) र पूर्व उपमहासचिव गीता कार्की (मकवानपुर ) छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर