सामाजिक सुरक्षा कोषका नवनियुक्त कार्यकारी निर्देशकले अधिकारीले लिए शपथ – Nepal Press

सामाजिक सुरक्षा कोषका नवनियुक्त कार्यकारी निर्देशकले अधिकारीले लिए शपथ

काठमाडौं । सामाजिक सुरक्षा कोषको नवनियुक्त कार्यकारी निर्देशक कविराज अधिकारीले शपथ लिएसँगै जिम्मेवारी सम्हालेका छन् । कोषकाे सञ्चालक समितिले अधिकारीलाई सोमबार कार्यकारी निर्देशक पदमा नियुक्त गरेकाे थियाे । उनलाई सञ्चालक समितिका अध्यक्षसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बुधबार पद तथा गोपनियताको सपथ गराएका हुन् ।

सपथ गराएलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवम सामाजिक सुरक्षा कोष सञ्चालक समितिका अध्यक्ष भण्डारीले कोषले अपेक्षा गरेअनुसार रोजगारदाता र योगदानकर्ता योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्न नसकेको भन्दै नवनियुक्त कार्यकारी निर्देशक अधिकारीलाई उक्त कार्यमा जोड दिन आग्रह गरे ।

उनले आफू मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेसम्म कोषलाई अघि बढाउन पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै, प्रतिस्पर्धाबाट आएको कार्यकारी निर्देशकलाई अब्बल भएर देखाउन पनि निर्देशन दिए ।

सचिव भण्डारीले सामाजिक सुरक्षा कोषले केहि समय भित्रै ५० अर्ब रकम जम्मा अवस्थामा आइपुगेको भन्दै एक खर्ब नाघेपछि राज्यको आयस्रोतका रुपमा सामाजिक सुरक्षा कोष हुने र सरकारले पनि कोषको रकम ठुला योजना तथा परियोजनामा खर्च गर्ने अवस्था आउने बताए ।

कोषका कार्यकारी निर्देशक अधिकारीले श्रम मन्त्रालयमा पद तथा गोपनियताको सपथ लिए लगत्तै सामाजिक सुरक्षा कोषको कार्यालयमा पुगेर बुधबार नै पदभार ग्रहण गरेका छन् ।

कोषका उप-कार्यकारी निर्देशक विवेक पन्थीसँगै कोषका निर्देशक, उप–निर्देशक लगायत कोषका सबै कर्मचारीले नवनियुक्त कार्यकारी निर्देशक अधिकारीलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर