नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत फाइनलमा

२०८० असोज १० गते १९:४३

काठमाडौं । घरेलु टोली नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत साफ यू-१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।
टाइब्रेकरमा भारतले नेपाललाई ३-२ ले पराजित गरेको हो । खेलमा भारतले २५ औं मिनेटमा अग्रता लिएको थियो । साहिल खुर्सिदले भारतका लागि गोल गरेका थिए ।
खेलको ७३ औं मिनेटमा नेपालका समीर तामाङले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर