कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्वारा आफ्नै पाठ्यक्रम पढाउन सुरु – Nepal Press

कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्वारा आफ्नै पाठ्यक्रम पढाउन सुरु

कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आफ्नै पाठ्यक्रममा आधारित पुस्तक ‘हाम्रो कृष्णपुर’ पठनपाठन सुरु गरेको छ ।

बुधबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरप्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानाले कृष्णपुर नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक ‘हाम्रो कृष्णपुर’ हस्तान्तरण गरेका हुन ।

१०० पूर्र्णांकको उक्त ‘हाम्रो कृष्णपुर’ पुस्तक कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुले अनिवार्य पढनुपर्नेछ । कञ्चनपुर जिल्लामा कृष्णपुर नगरपालिका स्थानीय पाठ्यक्रम तयार गरी पठनपाठन सुरु गर्ने पहिलो पालिका बनेको छ ।

पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बालबालिकालाई कृष्णपुर नगरपालिका बारे अझ राम्रोसँग जान्न र बुझ्न यो ‘हाम्रो कृष्णपुर’ पुस्तकले थप टेवा पुग्ने बताएका छन ।

उनले लामो समयको मेहनेत पश्चात यो पुस्तकले आकार पाएको भन्दै आगामी दिनमा थप यसलाई अझ परिष्कृत गरेर लैजाने बताए । नगरप्रमुख हेमराज ओझाले ‘हाम्रो कृष्णपुर’ पुस्तक तयार गर्न सामुदायिक विद्यालयका थुप्रै शिक्षक र कृष्णपुर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख विष्णु दत्त भट्ट ज्यूको अत्यन्तै ठूलो भूमिका रहेको भन्दै उनीहरुलाई धन्यवाद व्यक्त गरे ।

कृष्णपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले तयार गरेको उक्त ‘हाम्रो कृष्णपुर’ पुस्तक प्रकाशनमा वल्र्ड भिजन इन्टरनेसनल नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्नपुरले आर्थिक सहयोग गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *