पत्नीशोकपछि भेलु बाजेलाई सत्मार्गमा फर्काउन आर्थिक संकलन, सांसद सूर्य थापाले पनि गरे सहयोग


काठमाडौं । पत्नी शोकमा परेका ‘भाइरलम्यान’ भेलु बाजे उर्फ मिनवहादुर बुढा मगरलाई प्यूठानका सांसद सूर्य थापाले आर्थिक सहयोग गरेका छन् ।
प्यूठान जुम्रीकाँडा निवासी भेलु बाजेका लागि जिल्लावासीले आर्थिक सहयोग अभियान चलाइरहेका प्यूठानकै अभियन्ता भरत राउतले बताए । सोही अभियानलाई साथ दिँदै सांसद थापाले ५ हजार रुपैयाँ सहयोग गरेका हुन् । केही दिनमा कार्यक्रम आयोजना गरेर सहयोग हस्तान्तरण गर्ने तयारी रहेको आयोजकले बताएको छ।
गत निर्वाचनका बेला भेलु बाजेले सूर्य थापाको पक्षमा मत मागेका थिए । तर, भोलिपल्ट विपक्षी गठबन्धनमा गएपछि पैसा पाएर मत मागेको भन्दै पुनः चर्चामा आएका थिए ।
सामाजिक सञ्जालमा उट्पट्याङ कुरा बोल्ने र मदिराको सुरमा रहने भेलु बाजेलाई सत्मार्गमा फर्काउने उद्देश्यले आर्थिक सहयोग संकलन अभियान थालिएको हो । यो अभियानमा नेपालबाट भरत राउत, साउदीबाट उमान जिएम, मलेसियाबाट मनिष विष्ट र सन्तोष केसीले नेतृत्व गरेका छन् ।
अहिलेसम्म एक लाख २५ हजारभन्दा माथि रकम जम्मा भएको बताइएको छ ।उनकी पत्नीको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।