नाट्टाको आयोजनामा तिनाउ महाआरती, धार्मिक पर्यटनको गन्तव्य बनाउन आग्रह – Nepal Press

नाट्टाको आयोजनामा तिनाउ महाआरती, धार्मिक पर्यटनको गन्तव्य बनाउन आग्रह

रुपन्देही । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आयोजनामा बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम गरिएको छ । बुटवल ३ पुलचोकस्थित दुर्गा मन्दिरमा गरिएको महाआरतीमा बुटवल क्षेत्रका पर्यटन व्यवसायी तथा धर्मअनुरागीहरु सहभागी भएका थिए ।

४४ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सन्ध्याकालीन महाआरती कार्यक्रम गरिएको र अहिले देखिएको सहभागिताले यो क्षेत्रमा धार्मिक पर्यटनको संभावना प्रष्ट देखिएको नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् ।

बुटवलमा भएकोे महाआरती कार्यक्रमले यो क्षेत्रको पर्यटन प्रवद्र्धनलाई महत्वपूर्ण सहयोग गरेको बताउँदै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले नेपाल भारतको धार्मिक पर्यटनको केन्द्र बनाउनेगरी योजना बनाउन पर्यटन व्यवसायीलाई आग्रह गर्दै आफूले पूर्ण साथ दिने प्रतिवद्धता गरेका थिए । उनले भारतीय पर्यटकलाई आर्कषण गर्दै योजना बनाउनुपर्ने र त्यसमा उपमहानगरले पूर्ण साथ दिने बताए ।

कार्यक्रमको पर्यटन विकास परिषद लुम्बिनी प्रदेश प्रवद्र्धक रहेको थियो भने बुटवल उपमहानगरपालिकाले सहकार्य गरेको थियो ।

महाआरती कार्यक्रममा जगतगुरु अनन्तश्री विभूषित “बालसन्त” मोहनशरण देवाचार्य महाराजले यो क्षेत्रको ऐतिहासिक धार्मिक महत्वको बारेमा प्रकाश पारेका थिए । नाट्टाले धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्षदेखि महाआरती कार्यक्रम गर्दै आएको छ ।

अध्यक्ष पन्तले धार्मिक तथा साँस्कृतिक पहिचान र प्रवद्र्धनबाट यस क्षेत्रको पर्यटन उद्योगलाई चलायमान बनाउन तथा बुटवलको ऐतिहासिकतालाई प्रचारमा ल्याउन सन्ध्याकालीन आरतीले महत्वपूर्ण भूमिका खेल्ने र यसलाई निरन्तरता दिने बताइन् ।

यस क्षेत्रमा हुने धार्मिक र सांस्कृतिक कार्यहरुले छिमेकी देश भारतबाट पनि पर्यटक तान्न यसले विशेष भूमिका खेल्ने बिश्वासका साथ सन्ध्याकालिन आरती आयोजना गर्न लागिएको उनले बताइन् । बुटवलका उपमेयर साबित्रा अर्यालले उपमहानगरले महाआरतीका लागि बजेट निर्धारण गरिसकेकाले धार्मिक संघसंस्थाहरुलाई सहकार्यका लागि आग्रह गरिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर