सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुप उपाध्याय नियुक्त

२०८० असोज ९ गते १७:२०

कैलाली । सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुपकुमार उपाध्याय नियुक्त भएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले पूर्वसिंचाइ तथा ऊर्जा सचिव उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
नवनियुक्त उपाध्यक्ष उपाध्यायले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनी नेपाल विद्युत प्राधिकरणको अध्यक्ष, बेतान कर्णाली ४३९ मेगावाट जलविद्युत आयोजनाको सहअध्यक्ष तथा पञ्चेश्वर विकास प्राधिकरण नेपालको राष्ट्रिय पावर ग्रिड कम्पनीलगायतमा आबद्ध भइसकेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर