राउटेलाई लुम्बिनी सरकारले दियो दशैं खर्च


रूपन्देही । लुम्बिनी प्रदेश सरकारले राउटे समुदायलाई दशैं खर्च दिएको छ । अर्थमन्त्री धनबहादुर मास्कीले राउटेलाई दशै खर्च उपलब्ध गराएका हुन् । मंगलबार मन्त्रालयमा दशैं खर्च माग गर्दै पुगेका राउटेहरुलाई दशैं खर्च उपलब्ध गराइएको हो ।
अर्थमन्त्री धनबहादुर मास्कीले दशैं खर्च बापत २५ हजार रुपैयाँ दिँदै यो रकमको सदुपयोग गर्न सुझाए । दैलेखबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई हस्तान्तरण गरिएको हो । उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए । राउटे समुदायले दुई लाख दशैं खर्च माग गरेका थिए ।
उनीहरुले प्रत्येक वर्ष तीज, दशैं तथा तिहारमा सरकारसंग माग गर्ने गरेका छन् । केही दिनदेखि उनीहरू लुम्बिनीका विभित्र सरकारी कार्यालयमा गएर दशैं खर्च माग्दै आएका छन् ।