ई: सँगै उभिएर कमल थापाले भने- ‘मलाई बालेन मनपर्छ, मलाई ई: मनपर्छ’


काठमाडौं । जबाफदेहिताको माग गरेर आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ई: को काममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यबद्धता जनाएका छन् ।
थापा राष्ट्रिय सभागृहको गेटमा उभिरहेका ई: भएको स्थानमा पुगेर सङ्गै उभिएका थिए । अहिले थापा सहितको टिम राष्ट्रिय सभागृह बाहिर छ ।
उनले, ‘मलाई बालेन मन पर्छ । मलाई ई: मन पर्छ । ई: ले उठाएका मुद्दा जायज छन् । सडक, फुटपाथमा जथाभाबी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ । यो राज्यको कर्तव्य हो । यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ ।’ भन्ने प्ले कार्ड छातीमा टाँसेका थिए ।
थापा सङ्गै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, सहायक महामन्त्री ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मतजङ्ग भण्डारी ,किसान संगठनका महासचिव जनक फडेरा लगायत उपस्थित रहेका थिए ।