खोलामा डुबेर एक जनाको मृत्यु

२०८० असोज ९ गते ११:३०

सांकेतिक तस्विर
कैलाली । खोलामा डुबेर कैलालीमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिका–१ मधुबन शिविर बस्ने ४० वर्षीय श्रीकृष्ण चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बरदान चटिया नालामा माछा मार्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर