मेयर कार्यालय अगाडि प्रदर्शन गरिरहेका ‘ई:’ लाई भेट्न सभागृह पुगिन् उपमेयर डंगोल – Nepal Press

मेयर कार्यालय अगाडि प्रदर्शन गरिरहेका ‘ई:’ लाई भेट्न सभागृह पुगिन् उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले प्रदर्शनरत अभियन्ता ईशान श्रेष्ठ ‘ई:’ सँग भेट गरेकी छन् । काठमाडौं महानगर मेयर कार्यालय अगाडि उभिएर प्रदर्शन गरिएका ईलाई भेट्न डंगोल आज विहान त्यहाँ पुगेकी हुन् ।

ई: ८ दिन अर्थात १६५ घण्टादेखि त्यहाँ प्रदर्शनमा रहेका छन् । उपमेयर डंगोललाई भेटेपछि ईले उपमेयरले स्वास्थ्यलाभको कामना गर्दै सडक व्यवसायीहरुको वैकल्पिक व्यवस्थाका लागि आवश्यक नीति बनाउने जनाएको बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर