दाङबाट रोल्पा जाँदै गरेको बस दुर्घटना – Nepal Press

दाङबाट रोल्पा जाँदै गरेको बस दुर्घटना

रुपन्देही । दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

तुलसीपुरबाट छुटेको रा १ ख ३००६ नम्बरको बस रोल्पाको गंगादेब गाउँपालिका–२ ओइलाङमा सोमबार दिउसो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्याम सारु का अनुसार दुर्घटनामा परी रोल्पाको गंगादेब गाउँपालिका–२ ओइलाङका २५ वर्षीय जेनीसा डागी, गंगादेब गाउँपालिका वडा नम्बर ३ बडा ढुङगाका ४४ बर्षीय मोहन केसी र गंगादेब गाउँपालिका–२ हेलुम खोलाका ४० वर्षीय सीता बिक घाइते भएका छन् ।

घाइतेमध्ये जेनीसा, मोहन र सीताको अवस्था मध्यम रहेको र उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको डिएसपी सारु मगरले बताए । अन्य तीन जनाको अवस्था सामान्य छ । प्रहरीका अनुसार गाडीमा २० जना यात्रु रहेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर